images
images
  • दुर्गा प्रसाईँ पक्राउ

    काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।

    उनलाई भक्तपुर स्थित निवासबाटै पक्राउ गरिएको हो ।

    प्रसाईँलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा लगिएको छ ।

    उनलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    यसअघि सर्वोच्च अदालतको आदेशमा उनी फागुन १३ मा रिहा भएका थिए ।

    पछिल्लो समय चुनाव बिथोल्ने भूमिका खेल्ने आशङ्का प्रशासनले उनलाई पक्राउ गर्ने र अदालतको आदेशले छाड्ने गर्दै आएको छ ।

    प्रहरीका अनुसार उनीबिरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images