काठमाडौं- मध्यपूर्वको सबैभन्दा ठुलो व्यावसायिक बन्दरगाह दुबईको जेबेल अली बन्दरगाहको एउटा बर्थमा आगलागी भएको छ ।
दुबई मिडिया अफिसका अनुसार हवाई आक्रमणका क्रममा खसेका अवशेषहरूले लागेपछि उक्त आगलागी भएको हो ।
सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै मिडिया अफिसले दुबईको सिभिल डिफेन्स टोलीले आगो पूर्ण रूपमा निभाउन प्रयास जारी राखेको बताएको छ ।
यस आगलागीबाट भएको मानवीय क्षतिको बारेमा अहिलेसम्म कुनै विवरण सार्वजनिक गरिएको छैन ।
मिडिया अफिसले सन् २०२१ मा सोही बन्दरगाहमा भएको आगलागीको ‘पुरानो भिडियो’ सामाजिक सञ्जालमा सेयर नगर्न सर्वसाधारणलाई सचेत गराएको छ ।
जेबेल अली बन्दरगाह पाल्म जुमेराहको दक्षिणमा अवस्थित छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















