images
images
  • इरानी सर्वोच्च नेता खामेनीको मृत्युसँगै राष्ट्रिय उत्सवको सुरुवात भयो : पूर्व युवराज रेजा पहलवी

    काठमाडौं- इरानका अन्तिम शाह (राजा) का निर्वासित छोरा (पूर्व युवराज) रेजा पहलवीले इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्युको दाबीसहितको खबरपछि प्रतिक्रिया दिएका छन् ।

    उनले अब राष्ट्रिय उत्सवको सुरुवात भएको बताउँदै खामेनीलाई इरानी पौराणिक कथाका क्रूर पात्र जहाकको संज्ञा दिए ।

    उनले खामेनीलाई दशौँ हजार इरानी युवायुवतीका हत्याराको रूपमा चित्रण गर्दै उनी अब इतिहासको पानाबाट मेटिएको दाबी गरे।

    पहलवीले एक्समा लेखेका छन्, ‘खामेनीको अन्त्यसँगै इस्लामिक गणतन्त्रको पनि व्यवहारिक रूपमा अन्त्य भएको छ र यो छिट्टै इतिहासको रद्दीटोकरीमा मिल्नेछ।’

    पूर्व युवराज पहलवीले इरानी अधिकारीहरूलाई नयाँ उत्तराधिकारी नियुक्त नगर्न चेतावनी समेत दिएका छन्।

    उनले इरानी सेना, सुरक्षा निकाय र प्रहरी बलका लागि जनताको पक्षमा उभिने यो अन्तिम मौका भएको बताए।

    सन् १९७९ को इस्लामिक क्रान्तिपछि आफ्ना बुबा र परिवारसँगै निर्वासनमा गएका पहलवी लामो समयदेखि संयुक्त राज्य अमेरिकामा बस्दै आएका छन्।

    अमेरिका र इजरायलले खामेनीको मृत्यु भएको दाबी गरेपनि इरानले स्वीकार गरेको छैन । एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images