images
images
  • इजरायली हमलामा परी इरानका ५७ विद्यार्थीको मृत्यु, ६० घाइते, ५३ बेपत्ता

    काठमाडौ- मध्यपूर्वमा तनावले युद्धको रूप लिएको छ ।

    शनिबार बिहानैदेखि अमेरिका र इजरायली सेनाले संयुक्त रूपमा इरानका विभिन्न सैन्य तथा रणनीतिक क्षेत्रहरूमा भीषण आक्रमण सुरु गरेका छन् ।

    यस आक्रमणको जवाफमा इरानले पनि इजरायल र यस क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा सयौँ ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार गरेपछि स्थिति नियन्त्रण बाहिर पुगेको छ ।

    इरानको दक्षिणी प्रान्त होर्मोज्गानमा रहेको मिनाब सहरस्थित शजरेये तय्येबाह नामक प्राथमिक बालिका विद्यालयमा इजरायली मिसाइलले निशाना बनाएको छ ।

    इरानको सरकारी समाचार एजेन्सी इर्नाका अनुसार उक्त आक्रमणमा कम्तीमा ५७ जनाको मृत्यु भएको छ भने ६० जना गम्भीर घाइते भएका छन् ।

    मिनाबका प्रान्तीय गभर्नर मोहम्मद रादमेह्रले अझै पनि ५३ जना विद्यार्थीहरू विद्यालयको भग्नावशेषमा पुरिएको र उद्धार कार्य जारी रहेको पुष्टि गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images