images
images
  • बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोप, गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

    काठमाडौं- गत भदौमा भएको जेनजी आन्दोलनसम्बन्धी बीबीसीले बनाएको डकुमेन्ट्री जनकपुरमा प्रशारण गरिरहेको अवस्थामा भारतीय नम्बर प्लेटको गाडीसहित रास्वपाका कार्यकर्ता पक्राउ परेका छन् ।

    थप दुईवटा गाडी फरार भएको प्रहरीले जनाएको छ ।

    धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार बी.आर ०१ जी ०१४६७ नम्बरको गाडीमा प्रोजेक्टर लगाएर जनकपुरको रेल्वे स्टेसन अगाडि डकुमेन्ट्री प्रसारण गरिरहेको थियो ।

    त्यही अवस्थामा प्रहरीले रास्वपाका कार्यकर्ता विकास जयसवाललाई नियन्त्रणमा लिएको छ ।

    धनुषाका प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अन्य दुईवटा गाडी फरार भएको छ ।

    उक्त भारतीय गाडीहरू प्रोजेक्टरसहित डकुमेन्ट्री प्रसारणका लागि ल्याइएको प्रहरी जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images