images
images
  • कतारमा हुने हवाई उडान बन्द

    काठमाडौं- कतारमा हुने हवाई उडान बन्द भएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कतारले दोहा एयरपोर्ट तत्कालका लागि बन्द गर्ने निर्णय गरेकोले आजका लागि हुने उडान रोकिएको हो।

    ‘त्यहाँ विमानस्थल बन्द भएपछि यहाँबाट हुने उडान पनि स्वतः रोकिएको छ । युएई कुवेत लगायतका देशको बारेमा अहिलेसम्म खबर आएको छैन’ भुल भन्छन्, ‘हाम्रो तर्फबाट निर्णय हुने विषय नभएकोले हामीले खबर पर्खिरहेका छौँ । दोहा चाहिँ बन्द नै भयो ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images