काठमाडौं- मध्यपूर्व क्षेत्रमा देखिएको तनावका विषयमा नागरिक उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिक्रिया दिएको छ ।
प्राधिकरणले हवाई क्षेत्र प्रतिबन्धको हालैको अवस्थाको बारेमा विचार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा प्रवाह गर्ने अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालकहरूसँग नजिकको समन्वयमा रहेको जनाएको हो ।
अन्तर्राष्ट्रिय यात्रासम्बन्धी कुनै पनि विषय भएमा तत्कालै अद्यावधिक गर्ने प्राधिकरणले जनाएको छ ।
अहिलेसम्म कुनै पनि उडान रद्द गर्ने गरी सूचना नआएको समेत प्राधिकरणले प्रस्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्























