images
images
  • एनआरएनए आईसिसी सचिव गौरी जोशी महासचिव पदमा उम्मेदवारीको घोषणा !

    काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)को आसन्न विश्व सम्मेलन (२०२१–०२३) का लागि गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय परिषद्का सचिव गौरीराज जोशीले आसन्न निर्वाचनमा महासचिव पदमा उम्मेदवारीको घोषणा गरेका छन् ।

    उनले आफु महासचिवको तयारीमा रहेको र सो पद आफ्नो लागी स्वभाविक र उपयुक्त रहेको वताए । उनले भने, ‘हाल कार्यालयमा अनावश्यक खर्च बढीरहेको, संस्थामा मनपरीतन्त्र बढेको, सचिबालय अस्तब्यस्त भएको छ, यी सबैलाई ब्यवस्थित गर्न महासचिबका लागि तयार भएर आएको छु ।’

    उनले विदेशमा हुर्किएको पुस्तालाई मातृभूमीप्रति जिम्मेवार बनाउँदै संस्थामा नयाँ पुस्तालाई आकर्षित गर्ने योजनाहरु रहेको उनले विश्व खवरलाई बताए । एनआरएनएको अभियानमै ब्यापक सुधार आवश्यक रहेको उनले बताए ।

    संस्थागत विकासको परिपाटीलाई अभिबृद्धि गर्दै एनआरएनएमा नियमित संचार र अन्तरक्रिया गराउने छुट्टै माध्यमको विकास आफ्नो प्राथमिकतामा रहेको उनले बताए । उनले भने, ‘संस्थाभित्रै संभावनाको खोजी र अवसरहरुको सिर्जना गराउनु आवश्यक छ ।’

    ‘सचिबालय व्यवस्थापन र सुदृढिकरण, संस्थागत विकास र सदस्यता अभिबृद्धि, संस्थामा सरल पहुँच र समान वितरण, गतिशिल नेतृत्व तथा दिगो निती मेरो प्राथमिकतामा पर्छ,’ उनले भने, सबैको एनआरएनए, संधैको नेपाली र समान नागरिकताका सवालमा प्रशस्त कामहरु गर्ने प्रण लिएको छु ।’

    किन भयो एनआरएन अमेरिकाको सपथग्रहणका विवाद ?
    सपथ एनआरएन अमेरिकाको भर्खरै न्युयोर्कमा सम्पन्न १० औं साधारण सभामा भएको विवादमा तानिएका उनले सपथग्रहणको क्रममा उत्पन्न असहज परिस्थितिमा स्टेजमा उक्लेर एनआरएनए उपाध्यक्ष सोनाम लामालाई बचाउन खोज्दा आफुलाई मुछिएको वताए ।

    यसक्रममा सँगै स्टेजमा देखिएका एनआरएन अमेरिकाका पूर्व उपाध्क्ष डा केशव पौडेल र जोशी एकअर्कामा आक्रोशित देखिएको भिडियो तथा फोटो सार्वजानिक भएको थियो । पौडेल पक्षिय समुहले एनआरएन अमेरिकाको निर्वाचनमा नेतृत्व हात पारेपछि वर्तमान नेतृत्वसँग मिलेर जोशी सपथ ग्रहणको विपक्षमा रहेको आरोप लगाएको थियो ।

    तर यता जोशी आफु प्रजातान्त्रिक मुल्य र मान्यताको पक्षमा विश्वास गर्ने भएकोले निर्वाचित टीमको सफथग्रहणको विपक्षमा नरहेको वताए । एनआरएन अमेरिकाका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक समेत रहेका डा पौडेलको योजनामा साधारण सभाका संयोजक बीआर लामाले कार्यक्रम तालिका विपरित र विधिविधान मिचेर साधारण सभा नटुगिंदै सपथग्रहण कार्यक्रम गर्दा स्वयं वर्तमान नेतृत्वले असहमति जनाएपछि उत्पन्न असहज परिश्थितिलाई आफुले सहज वनाउन भूमिका खेलेको जोशीको दावी छ ।

    आसन्न निर्वाचनमा महासचिवमा पौडेल र जोशीविच कडा टक्कर :
    आसन्न निर्वाचनमा आफु महासचिवको वलियो उमेद्वार भएको दावी गर्ने जोशीले पौडेल सोही पदको तयारीमा रहेकोले आफुलाई विवादमा ल्याउन खोजेको आरोप लगाए । जोशीले कसैको डर त्रास र धम्किले महासचिवमा लडने आफ्नो तयारीलाई खासै असर गर्न नसक्ने वताए ।

    एनआरएन अमेरिकाको स्थापनापूर्व न्याक नामक संस्थामार्फत आफ एनआरएनएको अभियानमा लागेको वताउने सचिव जोशीले एनआरएनए अभियानमा लामो समयदेखी संलग्न रहदै आएको बताए ।

    को हुन गौरी ?
    झण्डै तीन दशकदेखी अमेरिकालाई कर्मथलो वनाउदै आएका जोशी टेक्सास राज्यमा वसोवास गर्दै आएका छन् । टेक्सास राज्यमा वसोवास गर्ने नेपाली समुदायको नेतृत्व गर्दै एनआरएन अमेरिकाजको नेतृत्व गरिसकेका जोशी एनआरएनएको गत निर्वाचनमा सचिव पदमा निर्वाचित भएका थिए ।

    पेशाले आईटी पोफ्रेसनल जोशी सचिव पदमा रहँदा एनआरएनएका मोवाईल व्लड वैक, डिजिटल आईडीसहितको सदस्यता वितरण गर्ने लगायतका स्मार्ट एनआरएनए परिकल्पनाका अभियानमा अगुवाई गरिरहेका छन् ।

    आर्थिकरुपमा पनि संस्थामा हावी देखिएका सचिव जोशी संस्थालाई व्यक्तिगतरुपमा १ करोड सहयोग व्यक्तिमा गनिन्छन् । गैरराजनीतिक व्यक्तिको परिचय वनाएका जोशी यो संस्थाको मर्म र भविश्यका लागि उपयुक्त व्यक्ति रहेकोले आगामी निर्वाचनमा महासचिव पदका लागि गरिएको उनको तयारीलाई सवैले स्वभाविक र अपेक्षितरुपमा लिएका छन् ।

    काठमाडौंमा हुने गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको विश्व सम्मेलनमा विश्वका करिब ८४ देशका प्रतिनिधि नेपाल आइसकेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images