images
images
  • रास्वपाले प्रत्यक्षमा ५० र समानुपातिकमा ५० लाख भोट ल्याउने विश्लेषण

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर चुनावी माहोल आफ्नै पक्षमा रहेको मूल्यांकन गर्दै फागुन २१ सम्म यसलाई कायम राखेर प्रत्यक्ष र समानुपातिक दुवैतर्फ राम्रो नतिजा ल्याउने रणनीति तय गरेको छ।

    पार्टीको इलेक्सन रिसर्च टिमले जिल्ला र प्रदेशबाट आएका तथ्यांकको विश्लेषण गर्दै प्रत्यक्षतर्फ ५० बढी सिट र समानुपातिकतर्फ ५० लाख मत ल्याउने आन्तरिक अनुमान गरेको छ ।

    सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले धनगढी, सुर्खेत र दाङमा चुनावी सभासमेत गरेपछि माहोल बढेको भए पनि केही सभा स्थगित गरी रास्वपाले घरदैलोमा केन्द्रित हुने रणनीति अपनाएको छ ।

    झापामा एमालेका उम्मेदवार केपी शर्मा ओलीको प्रभाव बढ्दै गएपछि बालेन पनि आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुने तयारीमा छन् ।

    पार्टीको आन्तरिक रिपोर्ट अनुसार मधेसमा माहोल राम्रो छ भने कर्णाली र पहाडी क्षेत्र केही कमजोर देखिएका छन् ।

    सात प्रदेशको आकलनमा कर्णालीमा १–२ सिट, सुदुरपश्चिममा ४ सिट, लुम्बिनीमा ११ सिट, कोसीमा ७ सिट, गण्डकीमा ८ सिट, बागमतीमा १५ सिट, र उपत्यकामा ५–६ सिट जित्ने सम्भावना रहेको छ ।

    रास्वपा रिसर्च टिमका अनुसार हालको ट्रेन्ड परिवर्तनको पक्षमा छ, तर संगठन कमजोर भएका क्षेत्रहरूमा मत संरक्षण चुनौतीपूर्ण हुनेछ ।

    अहिलेको आकलनअनुसार रास्वपाले प्रत्यक्षमा ५०–६० सिट जित्ने र समानुपातिकमा ५० लाख मत प्राप्त गर्ने सम्भावना रहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images