images
images
  • मेस्सी बार्सिलोनामै रहने, आधा तलब घटाएर थप ५ वर्षको सम्झौता

    काठमाडौं। अर्जेन्टाईनी फुटबल खेलाडी लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोनामै रहने भएका छन् ।

    बार्सिलोनासँगको करार अवधि गत जुन ३० तारिखबाट सकिएसँगै विश्व फुटबलका महान खेलाडी मेस्सी कुनै पनि क्लबमा आबद्ध हुन स्वतन्त्र बनेका थिए । तर उनले बार्सिलोनामै थप ५ वर्ष रहने सम्झौतामा सहमति जनाएको बताईएको छ ।

    नयाँ सम्झौता अनुसार मेस्सी अब सन् २०२६ सम्म अर्थात ३९ वर्षको उमेरसम्म बार्सामै रहनेछन् । यसका लागि उनले आफ्नो तलबमा आधा कटौती गर्नेछन् ।

    हाल वार्षिक १७ करोड अमेरिकी डलर तलब लिईरहेका मेस्सीले अब भने वर्षको साँढे ८ करोडको हाराहारीमा पारिश्रमिक बुझ्नेछन् । बार्सिलोनासँगको करार अवधि सकिएपछि मेस्सी नयाँ सम्झौता नगरिकन कोपा अमेरिका खेल्न अर्जेन्टिना गएका थिए ।

    उनको कप्तानीमा अर्जेन्टिनाले कोपा अमेरिका जितिसकेका छ । उनी हाल परिवारसँग विदा मनाईरहेका छन् । ६ पटकको बालोन डी’ओर विजेता मेस्सीले बार्सिलोनाबाट सबै उपाधि जितेका छन् ।

    ३४ वर्षीय मेस्सीले २००४ मा सिनियर टिममा डेब्यु गरेका थिए । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ९४ खेलमा ६ सय ६८ गोल गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images