काठमाडौं- सर्लाहीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट सवइन्जिनियरको मृत्यु भएको छ ।
सर्लाही मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत ३२ वर्षीय प्रमोद यादवमाथि मलंगवा नगरपालिका–१० स्थित भाडाको कोठामा बेलुका करिब ८ बजे गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार छातीमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो।
तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
मूल घर सिरहा भएका यादव श्रीमतीसँगै मलंगवा-१० मा भाडामा बस्दै आएका थिए ।
उनको शव हाल प्रादेशिक अस्पतालमै राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















