images
images
  • आयल निगमका प्रादेशिक कार्यालय प्रमुख दास भ्रष्टाचार मुद्दामा दोषी ठहर, के भयो सजाय ?

    काठमाडौं- नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय पोखराका तत्कालीन प्रमुख चित्तरञ्जन दास भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

    सिसिक्यामेरा नै बन्द गरेर डिपोबाट तीन हजारभन्दा लिटर बढी डिजेल अवैधानिक रूपमा ढुवानी गरेको सम्बन्धि भ्रष्टाचार मुद्दामा बिशेष अदालतले बिहीबार फैसला सुनाउँदै उनलाई कैद र जरिवाना सुनाएको हो ।

    बिशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य विदुर कोइरालाको संयुक्त इजलासले उनलाई पाँच महिना कैद र ५६ हजार ६५ रुपैयाँ जरिवानाको सजाय सुनाएको हो ।

    त्यस्तै, इन्धन ट्याङकरका चालक निर्मल तथा पश्चिमाञ्चल ट्रेडर्सका सञ्चालक बाबुराम जमकट्टेललाई पनि सोही बराबरको सजाय भएको छ ।

    बढी ढुवानी गरेको डिजेलको मूल्यबराबरको चार लाख ४८ हजार बिगो रकमलाई बिगो कायम गरी गत २५ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।

    जसमा तीन व्यक्ति र एक कम्पनीलाई दोषी ठहर गरी दामासाहीका हिसाबले जरिवाना तोकिएको छ ।

    यो भ्रष्टाचार घटना साढे दुई वर्षअगाडिको हो । कार्यालयले पश्चिमाञ्चल ट्रेडर्सले गरेको १२ हजार लिटर पेट्रोलियम पदार्थको अर्डर स्वीकृत गरेको गरी डिजेल वितरण गर्दा घोटाला गरेको हो ।

    यसमा २५ साउन ०८० को इन्भोइस नम्बरअनुसार डिजेल पश्चिमाञ्चल ट्रेडर्सको ‘ग.२ ख ८३६’ नम्बरको ट्यांकरमा १२ हजार लिटर डिजेल लोड गर्नुपर्ने थियो ।

    तर, मिलेमतोमा १५ हजार ३८ लिटर लोड गरेर अनियमितता गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images