images
images
  • ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प

    काठमाडौं- ताप्लेजुङको कञ्चनजंघा आसपास क्षेत्रमा भूकम्प गएको छ । आज बिहान २ बजेर ४७ मिनेट जाँदा भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन भएको छ ।

    भूकम्प गएको स्थान नेपाल-भारत सीमा क्षेत्र नजिकै पर्दछ । सो भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

    भूकम्पले क्षति पुर्‍याएको विवरण छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images