images
images
  • डेढ वर्षपछि पायो सौर्य एयरलाइन्सले उडान अनुमति

    काठमाडौं- निजी क्षेत्रद्वारा सञ्चालित वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले डेढ वर्षपछि उडान अनुमति पाएको छ।

    २०८१ साउन ९ गते पोखरा उडानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएपछि नेपाल उड्डयन प्राधिकरणले सौर्यको एयरक्राफ्ट अपरेटर सर्टिफिकेट (एओसी) अनिश्चितकालका लागि निलम्बन गरेको थियो।

    जहाज सि–चेक भन्ने विस्तृत निरीक्षणको लागि काठमाडौंबाट पोखराका लागि उडेको थियो।

    दुर्घटनामा परेको जहाजमा १९ जना यात्रुमध्ये क्याप्टेन मनिष शाक्य बाहेक १८ जनाको ज्यान गएको थियो।

    जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो।

    माघ ४ गते प्राधिकरणले सौर्य एयरलाइन्सको एओसी नवीकरण र यसअघिको निलम्बन समेत फुकुवा गरेको छ।

    यो नवीकरणको अवधि सन् २०२७ सम्म रहेने प्राधिकरणले जनाएको छ।

    प्राधिकरणले चन्द्रगढी विमानस्थल (भद्रपुर), विराटनगर विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय एयरपोर्ट (भैरहवा), पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पोखरा), नेपालगञ्ज विमानस्थल र धनगढी विमानस्थलमा नियमित तथा वैकल्पिक उडान अनुमति दिएको छ।

    ५० सिट क्षमताका सिआरजे-२०० सिरिजका तीन विमानले उडान अनुमति पाएको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images