images
images
  • संसद् विघटनले विधायन प्रक्रिया प्रभावित

    काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले संविधान जारी भएयता संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राख्दै आएको बताएका छन् ।

    राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी साह (गरिमा)को प्रश्नको जवाफ दिँदै मन्त्री सिन्हाले संविधान अनुकूल र सङ्घीय प्रणालीअनुसार कानुन सुधार निरन्तर जारी रहेको सभालाई जानकारी दिए ।

    उनका अनुसार संविधान जारी भएपछिका वर्षहरूमा हालसम्म १४६ वटा छुट्टाछुट्टै ऐन जारी भइसकेका छन ।

    मौजुदा कानुनलाई संविधान र सङ्घीय शासन प्रणाली अनुकूल बनाउन विभिन्न मितिमा केही नेपाल ऐन संशोधन गर्ने ऐनहरूमार्फत व्यापक सुधार गरिएको उनले सभामा चर्चा गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images