काठमाडौं– आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर ५ मा मतदाताबीच परिवर्तनको चाहना बलियो रूपमा देखिएको छ ।
स्थलगत अध्ययनमा अधिकांश मतदाता पुराना दलप्रति निराश देखिँदै नयाँ राजनीतिक शक्तिप्रति आकर्षित भएको पाइएको छ ।
नेपाली कांग्रेस, नेकपा (एमाले) र राप्रपा जस्ता दल रक्षात्मक अवस्थामा देखिएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहप्रति विशेष उत्साह देखिन्छ ।
काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका बालेनको छवि युवा र सामाजिक सञ्जालमार्फत प्रभावशाली बनेको मतदाताको भनाइ छ ।
कतिपय परम्परागत दलका प्रतिबद्ध कार्यकर्ता र समर्थकसमेत यसपटक नयाँलाई अवसर दिनुपर्छ भन्ने सोचमा देखिएका छन् ।
यद्यपि एमाले समर्थकहरूले अन्तिम समयमा माहोल बदलिन सक्ने दाबी गरिरहेका छन् ।
दमक भ्यूटावरजस्ता विकास आयोजनाले अपेक्षित लाभ नदिएको भन्दै आलोचना पनि सुनिन्छ ।
समग्रमा झापा–५ मा युवा, महिला र सीमान्त वर्गसम्म नयाँ नेतृत्वप्रतिको उत्सुकता बढेको देखिए पनि अन्तिम परिणाम भने मतदान दिनको निर्णयमा निर्भर रहने देखिन्छ ।























