काठमाडौं– नेकपा (एमाले)का पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे एक साता चितवन बसाइपछि सोमबार राजधानी फर्किएका छन् ।
यसपटक उनी उम्मेदवार नभए पनि विगतमा निर्वाचन लडेको क्षेत्रको अवस्था बुझ्न चितवन पुगेका थिए ।
पार्टीले कुनै औपचारिक जिम्मेवारी नदिए पनि उनले तीनवटै निर्वाचन क्षेत्रमा नेता–कार्यकर्तासँग अनौपचारिक भेटघाट र संवाद गरेका थिए ।
पाण्डेले फागुन ४ पछि पुनः चितवन जाने र उम्मेदवार तथा मतदातासँग साक्षात्कार गर्ने योजना रहेको बताएका छन् ।
उनी जस्तै युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र गोकुल बाँस्कोटा लगायतका अनुभवी नेताहरू पनि पार्टीबाट स्पष्ट जिम्मेवारी नपाएको अवस्थामा व्यक्तिगत रूपमा चुनावी गतिविधिमा सीमित रूपमा सक्रिय देखिएका छन् ।
यी नेताहरूले पार्टी सदस्यका नाताले सक्दो सहयोग गरिरहे पनि केन्द्रीय नेतृत्वबाट स्पष्ट निर्देशन नआएको गुनासो गरेका छन् ।
उता, महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले विपक्षी प्यानल (विद्या–ईश्वर)बाट प्रतिस्पर्धा गरेका धेरै नेताले यसपटक टिकट पाएनन् ।
उनीहरू यतिबेला बिजनेसविहीन बनेका छन् ।























