images
images
  • धनुषामा स्यालको टोकाइबाट आधा दर्जनबढी घाइते, एक महिलाको अवस्था गम्भीर

    काठमाडौं- धनुषाको लक्ष्मिनियाँ गाउँपालिका-१ अरेरवामा मा स्यालले आक्रमण गर्दा आधा दर्जन बढी स्थानीय गम्भीर घाइते भएका छन्।

    दिउँसो करिब १ बजेदेखि ३ बजेको बीचमा स्यालले एकपछि अर्को गर्दै आक्रमण गरेको बताइएको छ।

    आक्रमणमा परी लक्ष्मीनियाँ गाउँपालिका-१ का ६५ वर्षीय चन्देश्वर यादव, लक्ष्मिनियाँ गाउँपालिका-२ का १७ वर्षीय अनिल यादव, सोही स्थानका संतोष यादव तथा ५० वर्षीय प्रगास मण्डल घाइते भएका छन्।

    घाइतेहरूको शरीरको विभिन्न भागमा स्यालले टोकेको बताइएको छ। पहिचान नखुलेकी एक महिलाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ।

    बाँकी घाइतेहरूको उपचार जनकपुर प्रादेशिक अस्पतालमा भइरहेको छ।

    घटनापछि स्थानीयवासी त्रसित बनेका छन् भने स्याल नियन्त्रण तथा खोजीका लागि पहल भइरहेको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images