काठमाडौं- काठमाडौंको टोखा नगरपालिकामा १९ लाख ५० हजार रुपैयाँ बराबरको गरगहना नगद चोरी भएको छ ।
टोखा नगरपालिका–३ बस्ने तिल सरा पूर्जाको घरबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब १९ लाख ५० हजार रूपैयाँनगद बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको हो ।
घरमा कोही नभएको मौकामा ताच्ला फोडेर उक्त धनमाल चोरी भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्























