images
images
  • चिरपट प्रहार गरी श्रीमतीको हत्या गरेर श्रीमान आफैँ गए पुलीस चौकी

    काठमाडौं- ललितपुरमा श्रीमतीको हत्या गरेर श्रीमान आफैँ पुलीस चौकी गएका छन् ।

    आफ्नै श्रीमती २३ वर्षीया कोपिला नेपालीको हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका–७ देउराली डाँडा बस्ने २७ वर्षीय विनोद तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    विनोदले विवादको क्रममा कोपिलालाई चिरपट प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भनि आफैँ प्रहरी चौकी टिकाभैरवमा गई जानकारी गराएपछि प्रहरीले विनोदलाई नियन्त्रणमा लिएको जनाएको छ ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images