काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियरलाई एक लाख ५० हजार घुस सहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको पालिकाका इन्जिनियर मोहन देव मल्ललाई एक लाख ५० हजार घुस सहित पक्राउ गरेको हो ।
मल्ल पालिकाको भवन तथा बस्ती बिकास शाखामा कार्यरत इन्जिनियर हुन । मल्ल्ले वडा नं. ७ मा रहेको जनता माध्यामिक बिद्यालय रम्भापुरको ४ कोठे भवन निर्माण कार्यको अन्तिम बिल पास गराइदिने भन्दै सेवाग्राहीसँग रकम माग गरेको थिए ।
मल्लले सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जले जनाएको छ ।
स्रोतका अनुसार मल्लले अन्तिम बिल भुक्तानीको लागि सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुसररिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारले पक्राउ गरेको हो ।
पालिकाको भवन तथा बस्ती बिकास शाखामा कार्यरत कर्मचारी मल्ललाई अख्तियारले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।























