काठमाडौं– सरकारले नेपाल प्रहरीको रासन बढाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धि निर्णय गरेको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार १ फागुनदेखि लागु हुने गरी प्रहरीको रासन स्केल र दैनिक रकम बढाउने निर्णय भएको हो।
अन्य सुरक्षा निकायको तुलनामा प्रहरीको रासन स्केल कम भएपछि बढाउने निर्णय भएको हो।
प्रतिक्रिया दिनुहोस्























