काठमाडौं- बाराको परवानीपुरमा मंगलबार धारिलो हतियार प्रहार गरी आमा छोराको हत्या भएको छ ।
परवानीपुर गाउँपालिका १ रहरियाडीमा ४५ वर्षीया सुमित्रा देवी र २८ वर्षीय रामेश्वर मण्डलको हत्या भएको हो ।
बिहान करिब ३ बजेतिर अज्ञात समूह घरमै पसेर स्थानीय जगरुप महतो धानुकको परिवारमाथि धारिलो हतियार बाट आक्रमण भएको हो।
घटनामा सुमित्रा देवीका श्रीमान् जगरुप महतो र छोरी किरण कुमारी घाइते भएका छन् । उनीहरूको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार राती करिब १२ बजेको समयमा घटना भएको हो । हतियार कसले प्रहार गर्यो भन्ने खुल्न सकेको छैन ।
आमा र छोराको शव घरभित्रै रहेको र तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी बाराले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























