images
images
  • रवि लामिछाने अस्पताल भर्ना

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन् ।

    गत माघ ५ गते जनकपुरमा भएको सभाका क्रममा खुट्टामा लागेको चोटले दु:ख दिएपछि शिक्षण अस्पतालमा भर्ना हुनु परेको हो ।

    रविको सचिवालयका अनुसार सुरुमा सामान्य देखिएको चोट बढ्दै गएर हाल छालाको भित्री तहमा संक्रमण भएको छ ।

    त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूको परीक्षण र सल्लाहअनुसार भर्ना गरिएको सचिवालयको भनाइ छ । केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखेर उपचार गराउनुपर्ने सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images