काठमाडौं- स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारी सञ्चालनका लागि सबै सेवाग्राही तथा सेवा प्रदायकहरूलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।
‘स्वास्थ्य बीमाको सही सदुपयोग गरौं’ भन्ने सन्देशसहित अनावश्यक परीक्षण र दुरुपयोग रोक्न सार्वजनिक अपिल गरेको छ ।
स्वास्थ्य बीमा कार्यक्रमले दैनिक ५० हजार नागरिकलाई सेवा प्रदान गरेको छ । त्यसैगरी औसत ८ करोड बराबरको स्वास्थ्य खर्चको जोखिमबाट बचाइरहेको छ ।
सीमित स्रोतसाधनले कार्यक्रमलाई दिगो बनाउन सबैको आवश्यक रहेको उल्लेख गर्दै बोर्डले सेवाग्राहीलाई चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक परीक्षणका लागि दबाब नदिन र बीमाको दुरुपयोग नगर्न अनुरोध गरेको छ ।
यसैगरी, सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पनि औचित्यका आधारमा मात्र चेकजाँच, ल्याब परीक्षण तथा उपचार निर्देशन दिएको छ । बोर्डले जारी गरेका निर्देशिका, कार्यविधि तथा परिपत्रहरूको पूर्ण कार्यान्वयन सेवाप्रदायक स्वास्थ्य संस्थालाई आग्रह गरेको छ ।
बोर्डले लामो समयदेखि भुक्तानी नदिएको भन्दै त्रिवि शिक्षण अस्पताल, गंगालाल लगायतका अस्पतालले सेवा बन्द गरेको छन् ।
सेवा सुचारू गर्न बोर्डले निरन्तर पहल गरेको जानकारी दिएको छ ।


विश्व खबर 



















