images
images
  • राष्ट्रिय सभा निर्वाचन : गण्डकी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी

    काठमाडौं- राष्ट्रिय सभा निर्वाचन अन्तर्गत गण्डकीबाट दुवै पदमा गठबन्धन उम्मेदवार विजयी भएका छन् । अन्यमा कांग्रेसका जगत तिमिल्सिना र महिलामा एमालेकी सम्झना देवकोटा विजयी भएका हुन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्य समूहमा नेपाली कांग्रेसका उम्मेदवार तिमिल्सिनाले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका कपिल लामालाई ४ हजार ९२ मतभारको फराकिलो अन्तरले पराजित गरे ।

    तिमिल्सिनाले ५ हजार ३३ मतभार पाउँदा लामाले ९ सय ४१ मतभार पाएका छन् । जनमोर्चाका शंकरप्रसाद बरालले ७६ मतभार पाए । तिमिल्सिनाले प्रदेश सभातर्फ ४८ मत (२ हजार ५ सय ४४ मतभार) र स्थानीय तहतर्फ १ सय ३१ मत (२ हजार ४ सय ८९ मतभार) पाएका हुन् ।

    महिला समूहमा नेकपा (एमाले) की उम्मेदवार देवकोटाले ५ हजार १४ मतभार पाएकी छिन् । उनकी निकटतम प्रतिश्पर्धी नेकपाकी गोमा लुइँटेल घिमिरेले ९ सय ४१ मतभार पाइन् । तेस्रो भएकी जनमोर्चाकी लक्ष्मी वास्कोटाको ७६ मतभार मात्रै छ । देवकोटाले प्रदेश सभातर्फ ४८ मत ९२ हजार ५ सय ४४ मतभार० र स्थानीय तहतर्फ १ सय ३० मत (२ हजार ४ सय ७० मतभार) पाएकी हुन् ।

    अन्यमा २ जना प्रदेश सांसद र १ जना स्थानीय तहका जनप्रतिनिधिको मत बदर भएको छ भने महिलामा २ जना प्रदेश सांसद र २ जना स्थानीय तह जनप्रतिनिधिको मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    गण्डकीमा २ सय २८ मतदाता थिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images