images
images
  • निपाह भाइरसको त्रास : सीमा नाकामा कडाइ, भारतबाट आउनेको अनिवार्य स्वास्थ्य परीक्षण

    काठमाडौं– सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निपाह सङक्रमण नेपालमा भित्रिन नदिन उच्च सतर्कता अपनाइएको जानकारी दिए । उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र भारतसँग सीमा जोडिएका नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिको परीक्षण सुरु गरेको बताए ।

    “विशेष गरी कोशी प्रदेशको सीमा नाकामा हामीले सतर्कता अपनाएका छौँ । अरु सीमा नाकामा नेपाल भित्रिने व्यक्तिको स्वास्थ्य परीक्षण गर्न भनेका छौँ”, उनले भने ।

    प्रवक्ता बुढाथोकीले निपाह भाइरस सङ्क्रमण लागेका व्यक्तिलाई समयमा उपचार नगेको खण्डमा मृत्यु समेत हुन सक्ने बताए ।

    उनका अनुसार निपाह भाइरस सङ्क्रमणको मृत्युदर ३० देखि ३३ प्रतिशत रहेको छ । निपाह भाइरस सङ्क्रमण सुँगुर, चमेरा र सङ्क्रमित मानिसबाट सर्ने गर्दछ । -रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images