images
images
  • दैनिक १५ मिनेट यी काम गर्दा तनाव र रोग भाग्छ

    काठमाडौँ- हिजोआज हामी सबैको जीवन अत्यन्त व्यस्त बनेको छ । हामी बिहान उठेदेखि राति सुत्ने बेलासम्म काम र तनावले ग्रसित हुन्छौँ । यसले गर्दा सानै उमेरदेखि नै उच्च रक्तचाप, रगतमा चिनीको मात्रा बढ्ने र जतिबेला पनि थाकेको महसुस हुन्छ ।

    आफ्नो स्वास्थ्य सुधार गर्न घण्टौँ जिममा बिताउनु पर्छ वा धेरै पैसा खर्च गर्नु पर्छ भन्ने हामी सोच्छौँ । तर यो सत्य होइन । दिनमा मात्रै १५ मिनेट आफ्नो हेरचाह गर्दा पनि हाम्रो सम्पूर्ण जीवन परिवर्तन हुन सक्छ ।

    आजको यस लेखमा, हामी आफ्नो मानसिक र शारीरिक स्वास्थ्य सुधार गर्न हरेक दिन १५ मिनेट गर्न सक्ने पाँच कुरोबारे कुराकानी गर्नेछौँ ।

    पहिलो काम: गहिरो सास फेर्ने
    बिहान उठ्ने बित्तिकै आफ्नो आँखा बन्द गर्नुहोस् अनि बिस्तारै गहिरो सास फेर्नुहोस् । यसले तपाईंको दिमागमा अक्सिजन प्रदान गर्दछ र तनाव हर्माेन कोर्टिसोल पनि कम गर्दछ ।

    दोस्रो काम: छोटो पैदल यात्रा
    तपाईंसँग कसरत गर्ने समय छैन भने दिउँसोको खाना पछि वा साँझ १०–१५ मिनेट छिटो छिटो हिड्ने काम गर्नुहोस् । यसले तपाईंको पाचन त सुधार गर्छ नै यो मुटुको स्वास्थ्यको लागि पनि फाइदाजनक छ । १५ मिनेटको पैदल यात्राले तपाईंको मुडलाई तुरुन्तै ताजा बनाउँछ ।

    तेस्रो काम: डिजिटल डिटक्स
    दिनको कम्तीमा १५ मिनेटको लागि आफ्नो फोन आफूबाट टाढा राख्नुहोस् । यस समयमा, तपाईँ बिरुवालाई पानी हाल्न सक्नुहुन्छ, चराहरूको चिरबिर सुन्न सक्नुहुन्छ, वा चुपचाप बस्न सक्नुहुन्छ । स्क्रिन–फ्री समयले तपाईंको आँखा र दिमाग दुवैलाई शान्त बनाउँछ ।

    चौथो काम: आफ्नो मनपर्ने गीत सुन्ने/किताब पढ्ने
    केवल १५ मिनेटको लागि आफ्नो मनपर्ने गीत सुन्नुहोस् वा किताब पढ्नुहोस् । सङ्गीत सुन्दा शरीरमा डोपामाइन निस्कने अनुसन्धानले देखाउँछ । यसले दिनभरिको थकान केही भएपनि कम गर्न मद्दत गर्दछ ।

    पाँचौँ काम: प्रियजनहरूसँग कुराकानी
    दिनको १५ मिनेट परिवारका सदस्यहरू वा पुरानो साथीसँग खुलेर कुरा गर्नुहोस् । हाँस्दा र मुस्कुराउँदा प्रतिरक्षा प्रणाली बलियो हुन्छ । तपाईँलाई भित्रबाट खुसी महसुस गराउँछ ।

    (अस्वीकरण: सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारीका लागि अनलाइनबाट तयार पारिएको हो ।)

    प्रतिक्रिया दिनुहोस्
    images
    images