images
images
  • टिकट वितरणमा चलखेल भएको भन्दै रवि–बालेन बसेको होटल बाहिर कार्यकर्ताले गरे विरोध

    काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टिकट वितरणमा चलखेल भएको भन्दै जनकपुरमा नेता कार्यकर्ताहरूले विरोध गरेका छन् ।

    रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह बसेको होटल बाहिर नेता कार्यकर्ताहरू पुगेर अहिले विरोध गरिरहेका हुन् ।

    लामिछाने र शाह सोही होटलमा बसिरहेका छन् । उनीहरूले विभिन्न निर्वाचन क्षेत्रमा बाँकी उम्मेदवारलाई सोही होटलमा बसेर टिकट वितरण गरिरहेका हुन् ।

    बालेनले पनि सोही होटलमा आजै सभापति लामिछानेसँग टिकट लिएका थिए ।

    रवि, बालेन लगायतका नेताहरू हिजो नै जनकपुर पुगेका थिए । उनीहरू आजै जनकपुरमा आयोजित सभामा भाग लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images