images
images
  • उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ काठमाडौं-३ बाट चुनाव लड्ने

    काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुने भएका छन् ।

    केन्द्रीय सदस्य तथा क्षेत्रीय निर्वाचन परिचालन समिति संयोजक कुमारराज सुवेदीका अनुसार घिसिङले भोलि मध्याह्न जोरपाटी चोकमा जम्मा भएर मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयमा जानेछन् ।

    चुनाव उठ्नका लागि उनले मन्त्रीबाट राजीनामा दिएका थिए । त्यसयता रास्वपासँगको एकता भाँडिएपछि उनी आफ्नै पार्टीबाट देशैभर उम्मेदवार उठाउने तयारीमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images