images
images
  • आशिका तामाङलाई रास्वपाले दियो टिकट, धादिङ-१ बाट चुनाव लड्ने

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई टिकट दिएको छ।

    सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका हुन्।

    रास्वपा केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङ धादिङ क्षेत्र नम्बर १ मा चुनाव लड्न लागेकी हुन्।

    यसअघि उनले काठमाडौंको क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images