images
images
  • विमानस्थलमा समर्थकको ठूलो भिड, बालेनलाई स्वागत गर्न एकआपसमा धकेला धकेल हुँदा ढोका नै फुट्यो

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ट नेता बालेन शाह जनकपुर आएका छन् ।

    काठमाडौं महानगरपालिकाको मेयरबाट आइतबार राजीनामा दिएपछि घण्टीघर पुगेर उनी जनकपुर उडेका हुन् ।

    रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह लगायतका नेतालाई जनकपुर विमानस्थलमा रास्वपाका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका छन् ।

    उनीहरूलाई स्वागत गर्ने क्रममा जनकपुर विमानस्थलको एउटा सिसाको ढोका समेत फुटेको छ। जनकपुर विमानस्थलबाट बाहिर निस्किने क्रममा ढोकामा समर्थकहरूको ठूलो भिड लागेको थियो ।

    सो क्रममा एकआपसमा धकेला धकेल हुँदा विमानस्थलको सिसाको ढोका नै फुटेको हो । ढोका फुटेपछि बालेन र रवि केहीबेर भित्रै रोकिएका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images