काठमाडौँ- काठमाडौँको बौद्धमा सञ्चालित प्राइड इन्टरटेनमेन्ट प्रालि ‘क्यासिनो प्राइड’ लुटमा संलग्न आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ ।
जेनजी प्रदर्शन हुँदा भदौ २४ मा क्यासिनोबाट करिब १४ करोड लुटेको आरोपमा यसअघि ३ जना पक्राउ परेका थिए । यसअघि दावा शेर्पा ‘सेठ्ठी’, रञ्जित खड्गी ‘रने’ र दोर्जे शेर्पा पक्राउ परेका हुन् । लुटमा संलग्न आरोपमा थप ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।
पक्राउ पर्नेमा काठमाडौँ घर भएका मनहरि पौडेल, नुवाकोटका रञ्जन तामाङ र काठमाडौँ घर भएका करण डङ्गोल छन् ।
उनीहरु विरुद्ध प्रहरीले लुटपाट र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न ९० दिनको समय हुने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्























