images
images
  • विवादास्पद सञ्चारमन्त्री खरेल रास्वपाबाट ललितपुर–२ बाट चुनाव लड्ने घोषणा !

    काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा चुनाव लड्ने तयारी अघि बढाएका छन्।

    नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खरेलले निर्वाचनपछि बन्ने संसद् र सरकारमा आफ्नो भूमिका रहने इच्छा व्यक्त गरे।

    उनले भने, “चुनावपछि बन्ने संसद् र सरकारमा मेरो पनि चाहना छ। मिडिया क्षेत्रको प्रतिनिधित्व हुने गरी संसद् र सरकारमा उपस्थिति होस् भन्ने मेरो चाहना हो।”

    मन्त्री खरेलले सरकारले तोकिनेकै मितिमा निर्वाचन सम्पन्न गर्ने दाबी गरे। उनले आगामी निर्वाचनलाई परिवर्तनको प्रक्रियासँग जोडिएको अवसर का रूपमा चित्रण गर्दै योग्य र सक्षम व्यक्तिलाई नेतृत्वमा पुर्‍याउन मतदातालाई आग्रह गरे।

    खरेल सञ्चारकर्मीका रूपमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। उनी वरवरा फाउन्डेसनका सदस्य समेत हुन्। यसअघि दोलखाबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि भइसकेका खरेल पछिल्लो समय भने राष्ट्रिय स्वतन्त्र पार्टीको शीर्ष नेतृत्वसँग नजिक रहेर संवादमा रहेका थिए। रास्वपाबाट ललितपुर–३ मा उम्मेदवारीका लागि उनी पछिल्ला दुई महिनादेखि आन्तरिक तयारीमा सक्रिय रहेको स्रोतले जनाएको छ।

    खरेलले सो क्षेत्रमा घरदैलो केन्द्रित गतिविधि बढाउँदै लगेका छन्। यसलाई आगामी निर्वाचनलाई लक्षित प्रारम्भिक राजनीतिक सक्रियताका रूपमा हेरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images