काठमाडौं- विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस इतिहासकै कठिन मोडमा पुगेको छ । सात दशक लामो इतिहास बोकेको कांग्रेस निर्वाचनअघि विभाजित भएको छ । विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति भए ।
नयाँ नेतृत्व चयन गर्दै सम्पन्न विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूह सहभागी भएको थिएन ।
विवाद निर्वाचन आयोगमा पुगेपछि शुक्रबार आयोगले थापा नेतृत्वको नवनिर्वाचित केन्द्रीय समितिलाई आधिकारिक कांग्रेस भएको ठहर ग¥यो । निर्वाचन आयोगको यस्तो निर्णयपछि देउवा–खड्का समूह सर्वोच्च अदालत जाने निष्कर्षमा पुगेको छ । कार्यवाहक सभापति खड्काले आफूहरू नै आधिकारिक कांग्रेस भएको प्रमाण लिन अब सडक र अदालत जाने निर्णयमा पुगेको बताएका छन् ।
शुक्रबार थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि शनिबार गम्भीर छलफल गरेको देउवा–खड्का समूह आइतबार अदालत जाँदैछ । सोमबार सोनम ल्होसारको सार्वजनिक बिदा छ । मंगलबार (६ माघ) मा प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । देउवा–खड्का समूह अदालत जाने दिन नै अदालतबाट कुनै निर्णय पाउने सम्भावना छैन । राजनीतिक उतरार्धमा देउवा कठिन मोडमा पुगेका छन् ।
५ पटक प्रधानमन्त्री, ७ पटक सांसद भएका देउवाले आगामी बैशाखमा पार्टीको १५औं नियमित महाधिवेशन गरेर राजनीतिबाट विश्राम लिने घोषणा गरिसकेका थिए । तर जेनजी आन्दोलनपछि पार्टीमा बैशाखसम्म कुर्ने मुडमा नेता कार्यकर्ता थिएनन् । २१ फागुनको निर्वाचनमा देउवाकै हस्ताक्षरमा चुनावमा टिकट लिएर उम्मेदवार नहुने अडानसहित विशेष महाधिवेशनबाट ‘अपमानजनक’ देउवाको बहिर्गमन भएको छ ।
देउवा खड्का निकट नेताहरू अपमानजनक देउवाको बहिर्गमन भएको भन्दै त्यसलाई स्वीकार नगरिने भन्दै आक्रोशित छन् । राजनीतिका ‘चतुर’ खेलाडी देउवा पक्षसँग अब राजनीतिक रूपमा ६ विकल्प बाँकी देखिन्छ ।
देउवाका विकल्प
निर्वाचन बहिष्कार गर्ने
देउवा अहिले पार्टीविहीन भएका छन् । देउवाको हस्ताक्षरबाट टिकट बाँड्ने तयारी तीव्र रूपमा चल्दै थियो । तर उम्मेदवारी दर्ता गराउने ३ दिनअघि नै देउवा पूर्वसभापतिको हैसियतमा पुगेका छन् । देउवाका लागि पहिलो विकल्प भनेको निर्वाचन बहिष्कार हुनसक्छ ।
स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचनमा सहभागी हुने
देउवा पार्टीविहीन भएपछि २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचनमा सहभागी हुन सक्ने दोस्रो विकल्प छ । देउवा–खड्का समूहका कांग्रेस नेताहरूलाई स्वतन्त्र उम्मेदवारी दर्ता गराउँदै निर्वाचनमा सहभागी हुने विकल्प रहेको छ । पार्टी आधिकारिकताको खोजीमा रहेका नेताले निर्वाचनको बहिष्कार भन्दा स्वतन्त्र उम्मेदवारी दिँदै निर्वाचनमा सहभागी हुनु नै लोकतान्त्रिक छ ।
‘डमी’ दलसँग सहकार्य
निर्वाचन बहिष्कार गर्नु र स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचनमा सहभागी हुने अवसरका साथै देउवा–खड्का समूहले निर्वाचन आयोगमा दर्ता भएको कुनै ‘डमी’ दलसँग सहकार्य गर्दै समानुपातिक मतका साथै प्रत्यक्षतर्फका उम्मेदवारलाई विजयी गराउन सक्ने छन् । आङ्खना समानुपातिकतर्फको मत खेर जान नदिन र आगामी दिनमा कांग्रेससँगै एकता गर्न सजिलो हुने गरी अघि बढ्न कुनै दलसँग सहकार्य गर्दा देउवा–खड्का समूहका लागि तेस्रो विकल्प हुन सक्छ ।
मनोनयन सार्न दबाब दिने
देउवा–खड्का समूहका लागि चौथो विकल्प भनेको निर्वाचन आयोगलाई उम्मेदवारी दर्ताको समय र दिन सार्न दबाब दिने पनि हुनसक्छ । सडक र अदालतबाट आधिकारिकताका लागि संघर्ष गर्ने निष्कर्षमा पुगेको देउवा–खड्का कांग्रेसले अदालतको निर्णय आउँदासम्म मनोनयनका लागि तोकिएको समय सार्न दबाब दिनसक्ने विकल्प पनि छ ।
गगनसामु आत्मसमर्पण
विशेष महाधिवेशनबाट गगन समूह नेतृत्वमा आएपछि आयोगले आधिकारिकता दिइसकेको छ । अब देउवा–खड्का कांगे्रसका नेताका लागि पाँचौ ं विकल्प भनेको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचन गगनसामु आत्मसमर्पण गर्नु पाँचौं विकल्प हो । गगनसामु आत्मसमर्पण गर्दै गगनले दिएको ‘खाने’ र चुप लागेर निर्णय कार्यान्वयन गर्ने निर्णय गर्न भने देउवालाई नैतिक रूपले अप्ठ्यारो छ । विघटित केन्द्रीय समितिमा देउवा–खड्काको बहुमत छ । तर बहुमत महाधिवेशन प्रतिनिधि गगन कांग्रेससँग छ । तर गगन पक्ष संस्थापन भएसँगै शेखर कोइराला पक्षीयदेखि मध्यमार्गी देखिएका अधिकांश केन्द्रीय सदस्य थापा क्याम्पमा सर्दैछन् ।
चुपचाप बस्ने : रमिते हेर्ने, देखाउने
देउवा–खड्का कांगे्रसका लागि छैटौ ं विकल्प ‘चुपचाप’ बस्ने, रमिता हेर्ने र रमिता देखाउने पनि हुनसक्छ । निर्वाचनमा गगनले आफूलाई सहयोग गर्नेलाई पहिलो प्राथमिकता राख्दै टिकट वितरण गर्ने रणनीति लिएको उनी निकटहरू बताउँछन् ।
गगनका अवसर
प्रधानमन्त्रीमा पहिलो पटक पुस्तान्तरणको एजेन्डा
निर्वाचनमा प्रधानमन्त्रीमा पहिलो पटक पुस्तान्तरणको एजेन्डा स्थापित गर्ने अवसर गगन कांगे्रसको छ । विगतमा उठाउँदै आएको यो मुद्दा अब पटक पटक प्रधानमन्त्री भएकै नेतालाई नभई नयाँ र दोस्रो पुस्ताका नेतालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा सहभागी हुने अवसर आएको छ । सभापति गगनलाई नै आगामी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अगाडि सार्दै निर्वाचनमा होमिन सक्छ ।
युवा ‘सेन्टिमेन्ट’ बोक्ने अवसर
गगन कांगे्रसले ‘बुढापाका’ नेतालाई सल्लाहकार बनाउने र युवा पुस्ताले पार्टी चलाउनेगरी देशैभरि प्रचारप्रसारमा जुटेर युवाहरूको ‘सेन्टिमेन्ट’ आङ्खनोतिर तान्न सक्छ । गगनलाई नै आगामी प्रधानमन्त्रीको घोषणासहित निर्वाचनमा सहभागी हुनसक्ने अवसर आधिकारिक कांग्रेसलाई छ ।
एकल वर्चस्व र शक्ति परीक्षणको अवसर
आधिकारिक कांग्रेससँग देशैभर एकल वर्चस्व र शक्ति परीक्षण गर्ने अर्को अवसर छ । कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने र कुनै पनि कांगे्रसीले अन्य दललाई मतदान नगर्ने अडान विगतमा लिँदै आएका सभापति गगनले आङ्खनो शक्ति परीक्षण गर्ने अवसर पनि छ ।
गुटगत स्वार्थको अन्त्य गर्ने
सभापति गगनलाई पार्टीभित्र चल्दै आएको ६०–४० को भागबन्डाको अन्त्य गर्दै गुटगत स्वार्थको अन्त्य गर्ने अर्को अवसर छ । कांगे्रसमा विगतदेखि चल्दै आएको गुटगत अवसर अब वितरण नगरी सबैलाई मिलाएर अघि बढाए एकीकृत कांगे्रसकै सभापति हुने अवसर पनि रहेको छ ।
विशेष महाधिवेशन अघि देउवा–खड्का समूहतर्फ खुलेका पार्टीका नेता डा. शेखर कोइराला समूह चार तारा र रुख पाएका गगनतर्फ खुलेका छन् । देउवा–खड्का समूहमा रहेका अन्य कांगे्रसीलाई समेत आधिकारिक कांगे्रसतर्फ कसरी ल्याउनेबाटै गगनको वास्तविक नेतृत्व पहिचान हुन्छ ।
पुस्तान्तरण र हस्तान्तरणको जस लिने
निर्वाचन आयोगबाट वैधता पाएको गगन थापा सभापति रहेको कांगे्रसले उठाउँदै आएको मुद्दा पुस्तान्तरण र नेतृत्व हस्तान्तरण हो । थापा नेतृत्वमा आएपछि त्यसको जस लिँदै पार्टीलाई बलियो बनाउँदै देशैभरि प्रभावकारी भूमिका निर्वाह गर्न सक्छन् । तर कांगे्रस स्पष्ट रूपमा दुई समूहमा विभाजित भएपछि गगनका लागि पार्टीलाई एकढिक्का कसरी बनाउने भन्ने चुनौती छ । दुई समूहमा विभाजित कांगे्रसलाई एकढिक्का नबनाई निर्वाचनमा प्रभावकारी परिणाम निकाल्न नसक्ने चुनौती गगनको आगामी कार्यशैलीले देखाउने छ ।
तालमेल नगर्ने निर्णय
नेपाली कांगे्रसले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि दलसँग तालमेल नगर्ने निर्णय गरेको छ । विशेष महाधिवेशनमार्फत चयन भएको गगनकुमार थापा नेतृत्वको केन्द्रीय समितिलाई निर्वाचन आयोगले वैधता दिएपछि बसेको बैठकले चुनावी तालमेल नगर्ने निर्णय गरेको हो । -पत्रपत्रिकाबाट























