images
images
  • निर्वाचन आयोगको निर्णय कुर्दै सडकमै गगन थापा समूहको धर्ना

    काठमाडौँ- नेपाली कांग्रेसको गगन थापा समूह निर्वाचन आयोगको निर्णय कुर्दै सडकमा बसेको छ । शुक्रबार निर्वाचन आयोगले शेरबहादुर देउवा समूह र गगन थापा समूहसँग छलफल गरेको थियो ।

    यससँगै विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारी प्रदीप पौडेल, फरमुल्ला मनसुर, उदय शम्सेर, डिला संग्रौला, पुष्पा भुसाल लगायतका पदाधिकारी सडकमै बसेर निर्णय कुरिरहेका हुन् ।

    बाहिर सडकमा भने तरूण दलले विशेष महाधिवेशनको विरोधमा नाराबाजी गरिरहेको छ ।  दुवै समूहले आफूनै आधिकारिक कांग्रेस भएको दाबी गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images