काठमााडौं- नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य सीता ढुंगाना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन्। गजुरी गाउँपालिकाकी पूर्व उपाध्यक्षसमेत रहेकी ढुंगाना पहिले एमालेबाट उपाध्यक्ष थिइन् र पछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेकी थिइन्।
प्रचण्डको नेकपा माओवादी केन्द्र र माधव नेपालको नेकपा एकीकृत समाजवादीलगायत पार्टीबीच एकता भएपछि ढुंगाना नेकपाको केन्द्रीय सदस्य बनेकी थिइन्।
ढुंगाना रास्वपामा प्रवेश गरेपछि पूर्वमन्त्री, मुख्यमन्त्री र नेकपाका उच्च तहका नेता राजेन्द्र पाण्डेलाई ठूलो राजनीतिक झटका लागेको चर्चा चलेको छ। रोचक पक्ष के छ भने, रास्वपामा प्रवेश गरे पनि उनका सामाजिक सञ्जालमा अझै नेकपाको केन्द्रीय सदस्यको पद उल्लेख छ।
यो कदमले आगामी राजनीतिक गतिविधि र गठबन्धनको समीकरणमा असर पर्न सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस्























