images
images
  • राजर्षि जनक विश्वविद्यालयले माग्यो सहप्राध्यापकसहित विभिन्न पदमा ४७ जना कर्मचारी

    काठमााडौं- राजर्षि जनक विश्वविद्यालयले सहप्राध्यापक, उपप्राध्यापक र कर्मचारी मागेको छ। शुक्रबार सूचना जारी गरी विश्वविद्यालयले विभिन्न विषयमा ४ सहप्राध्यापक, १९  जना उपप्राध्यापक र विभिन्न पदमा १३ जना कर्मचारी मागेको हो।

    विश्वविद्यालयले व्यवस्थापन, कम्युटर साइन्स, क्लिनिकल, कानुन, जनस्वास्थ्य, अंग्रेजी, अर्थशास्त्र, तथ्यांकशास्त्र, सिभिल इन्जिनियरिङ लगायतका विषयमा सह-प्राध्यापक र उपप्राध्यापक मागेको हो।

    त्यस्तै शाखा अधिकृत, लेखा अधिकृत, प्राविधिक अधिकृत, मुख्य कार्यालय सहयोगी लगायतका ११ पदका लागि १३ जना कर्मचारी मागेको छ।

    इच्छुक एवम् योग्यता पुगेका नेपाली नागरिकहरूले माघ २ गतेदेखि फागुन ७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन्।

    सहप्राध्यापकमा दरखास्ता दिन ४ हजार ५०० दरखास्त शुल्क तोकिएको छ। उपप्राध्यापकका लागि ४ हजार रूपैँय, कर्मचारीतर्फ अधिकृतस्तरका लागि ३०००, सहायक वा सोसरहका लागि २५०० र सहायकस्तरका लागि २००० रूपैयाँ शुल्क तोकिएको छ।

    rajarshi janak scaled

    प्रतिक्रिया दिनुहोस्
    images
    images