images
images
  • खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल रास्वपामा समाहित, यस्तो छ पाँच बुँदे सम्झाैता

    काठमाडौँ- खगेन्द्र सुनार नेतृत्वकाे हाम्रो पार्टी नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा समाहित भएकाे छ । मंगलबार रवि लामिछाने नेतृत्वको रास्वपासँग पाँच बुँदे सम्झौता गर्दै हाम्राे पार्टी नेपाल रास्वपामा समाहित भएकाे हाे ।

    रास्वपा सभापति रवि लामिछाने , महामन्त्री कविन्द्र बुर्लाकोटी र हाम्रो पार्टीका सभापति खगेन्द्र सुनार, पदाधिकारी, सदस्य लगायतको उपस्थितिमा सम्झौता गरिएको हो ।

    यस्ताे छ पाँच बुँदे सम्झाैता

    -नव युवाहरु (जेनजी) ले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै घाइते तथा सहिद परिवारका मागहरु यथोचित सम्बोधन गर्न प्रतिबद्धता जनाउने ।

    -दलित तथा उपेक्षित उत्पीडित वर्गमाथि हुने जातीय विभेद, हिंसा तथा भेदभावका विरुद्ध पार्टीमा नीतिगत व्यवस्था गर्ने ।

    -संविधान प्रदत्त दलितहरुका हक अधिकार कार्यान्वयन गर्ने/गराउने ।

    -हाम्रो पार्टी नेपालको विभिन्न जिम्मेवारीमा रहनु भएका साथीहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा सम्मानजनक समाहित गर्ने ।

    -राष्ट्रिय मुद्दामा हातेमालो गर्दै देशको निकास र विकसमा एक्यबद्धता जनाउने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images