images
images
  • कांग्रेस विशेष महाधिवेशन : पुरानै विधानअनुसार सिंगो कार्यसमितिको निर्वाचन गर्ने

    काठमाडौँ- कांग्रेस विशेष महाधिवेशनको निर्वाचन समितिले पुरानै विधानअनुसार सिंगो कार्यसमितिको निर्वाचन गर्ने तयारी गरेको छ । उम्मेदवारी दर्ताका लागि आवश्यक फाइलहरू तयारी अवस्थामा राखिएको निर्वाचन समितिले जनाएको छ ।

    सोमबार सम्पन्न बन्द सत्रमा महामन्त्री विश्वप्रकाश शर्माले विधान संशोधनको प्रस्ताव पेस गरेका थिए । तर उक्त प्रस्ताव बन्द सत्रबाट पारित नभएकाले पुरानै विधानअनुसार निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरिएको निर्वाचन समितिले जानकारी दिएको छ ।

    पुरानै विधानअनुसार १३३ सदस्यीय कार्यसमिति निर्वाचित हुने छ । सभापतिले ३३ जना सदस्य मनोनयन गर्न पाउने व्यवस्था रहेको छ । त्यस्तै सभापतिका निकटतम प्रतिद्वन्द्वी स्वतः केन्द्रीय सदस्य हुने प्रावधान छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images