काठमाडौं- नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । केन्द्रीय निर्वाचन समितिले मंगलबारबाट औपचारिक रूपमा निर्वाचनका कार्यक्रम अघि बढाएको जानकारी दिएको हो ।
काठमाडौँको भृकुटीमण्डपमा मंगलबार बसेको समितिको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । वरिष्ठ अधिवक्ता एवं निर्वाचन समितिका संयोजक सीताराम केसीको नेतृत्वमा बसेको बैठकले केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया अघि बढाएको हो । समितिले मंगलबार नै सूचना प्रकाशित गरी विधिवत रूपमा प्रक्रिया सुरु भएको प्रस्ट पारेको छ ।
कांग्रेसको विधान २०१७ (संशोधन सहित), नियमावली २०७६, विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२ र निर्वाचन निर्देशिका २०८२ को अधीनमा रही निर्वाचन प्रक्रिया सुरु गरिएको संयोजक केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्























