images
images
  • कांग्रेस विशेष महाधिवेशनले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गर्ने

    काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष अधिवेशनले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गर्ने भएको छ।

    कांग्रेसको विशेष महाधिवेनले पारित गरेको कार्यविधीमा चौथो महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको पदावधि समाप्त भइसकेकाले केन्द्रीय कार्यसमिति विघटन गर्ने र नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने उल्लेख छ।

    नेपाली कांग्रेसको २०७८ साल मंसिर २४ देखि २८ गतेसम्म भउको चौधौ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका थिए। मंसिर १५ गतेको केन्द्रीय समितिले माघ मसान्तसम्म केन्द्रीय कार्यसमितिको म्याद थप गरेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images