images
images
  • कांग्रेस विशेष महाधिवेशन : संस्थापन पक्ष वेट एन्ड सी रणनीतिमा

    काठमाडौं– महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौँको भृकुटीमण्डपमा पार्टीको विशेष महाधिवेशन जारी रहँदा नेपाली कांग्रेसको संस्थापन पक्षले भने ‘पर्ख र हेर’ को रणनीति अख्तियार गरेको छ । सोमबारदेखि सुरु हुने विशेष महाधिवेशनले लिने निर्णयअनुसार आफूहरूले कदम चाल्ने संस्थापन पक्षले तयारी गरेको हो ।

    यता, विशेष महाधिवेशन चलिरहँदा संस्थापन पक्षका नेताहरूले आइतबार साँझ पार्टी सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै छलफल गरेका थिए । नेताहरू देउवालाई भेट्न उनको निवास महाराजगञ्ज पुगेर आगामी कदमबारे मन्थन गरेका थिए ।

    रातोपाटीसँग कुराकानी गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अहिले नै यसरी बढ्ने भन्नेबारे कुनै पनि निर्णय नभएको बताए । ‘हामीले कसरी बढ्ने भनेर कुनै पनि रणनीति बनाएका छैनौँ । बन्दसत्र कसरी अगाडि बढ्छ त्यही अनुसार हामीले कदम चाल्छौँ ।’

    उनले आफूहरू कानुनी रूपमा बलियो रहेको पनि जिकिर गरे । ‘उहाँहरू यसरी नगएको भए हुन्थ्यो । अब अगाडि बढेपछि विशेष महाधिवेशनले के निर्णय लिन्छ, सोही अनुसार हाम्रो पनि निर्णय आउँछ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images