images
images
  • कांग्रेस विशेष महाधिवेशन : कति प्रतिनिधि सहभागी भए ?

    काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा हालसम्म २ हजार ६ सय ६२ जना प्रतिनिधि सहभागी भएका छन् ।

    आइतबार राति ९ बजेसम्म उक्त संख्यामा महाधिवेशन प्रतिनिधिहरूले आफ्नाे नाम दर्ता गराएका हुन् । आज उद्घटनसत्र सकिएकाे छ भने बन्दसत्र भोलि (सोमबार) बिहान १० बजेबाट सुरु हुने छ । नेता युवराज पाण्डेयका अनुसार ५६.१२ प्रतिशत प्रतिनिधि सहभागी भएका हुन् ।

    उपत्यकाबाट १७८ जना सहभागी भएका छन् भने भ्रातृ, सुभेच्छुक र जनसम्पर्कबाट १ सय ९५ जना सहभागी भएका छन् ।

    कुन प्रदेशबाट कति ?

    कोशी– ४२५

    मधेश– ४४६

    बागमती–४३२

    गण्डकी– २९६

    लुम्बिनी– ३९८

    कर्णाली– १३४

    सुदूरपश्चिम– १५८

    देशभर कांग्रेसका कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन् । जसमध्ये २ हजार ६ सय ६२ जना सहभागी भएका हुन् । प्रतिनिधिहरू अध्यावधिक हुने क्रम जारी रहेको एक नेताले बताए ।

    601232053 2328437487634178 8787484497847427567 n 1GlQabR4vH

    प्रतिक्रिया दिनुहोस्
    images
    images