काठमाडौं– मधेश प्रदेशसभा सदस्य रहबर अन्सारीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा छाडेका छन् ।
माओवादीबाट प्रदेश सांसद जितेका रहबरले अध्यक्ष प्रचण्डलाई रातो अक्षरमा लेखिएका इन्कलाब पंक्तिहरु पार्टी प्रचण्डलाई सम्झाउँदै माओवादी छाडेको घोषणा गरेका हुन्
तत्कालीन नेकपा माओवादी केन्द्रका वैकल्पिक सदस्य अन्सारीले हुलाकबाट राजीनामा पत्र पठाएका हुन् । राजीनामा पत्रमा रहबरले हाल नेकपाका संयोजक प्रचण्डले मधेश प्रदेशमा गाएको ‘सागर के तुफान को भी हमने बस में किया है‘’ सम्झिँदै कटाक्ष गरेका छन् । उक्त सायरी प्रचण्डको स्मृतिमा मात्रै रहेको भन्दै उनले चित्त दुखाएका छन् ।
राजीनामा पत्रमा उनले हाल नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक प्रचण्डले मधेस प्रदेशमा गाएको गीत ‘सागर केतूफान को भी हमने बस में किया है’ भन्ने सायरी उद्धृत गर्दै उक्त भनाइ अब प्रचण्डको सम्झनामा मात्र सीमित रहेको उल्लेख गरेका छन् ।
अन्सारीले साहस, इमानदारी र जोखिम तीनवटै मूल्य–मान्यता माओवादी केन्द्रले छाडिसकेको टिप्पणी पनि गरेका छन् । उनी २०७९ सालको प्रदेशसभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र १ को प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका थिए । अन्सारीले त्यसबेला एमालेका उम्मेदवारलाई पराजित गरेका थिए ।
























