images
images
  • राष्ट्रिय सभा उम्मेदवार चयनमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाको असन्तुष्टि

    काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गरेको उम्मेदवार चयनमा पार्टीका दुवै महामन्त्रीले असन्तुष्टि जनाएका छन् ।

    महामन्त्री विश्वप्रकाश शर्माले उम्मेदवार चयनका लागि मंगलबार र बुधबार बोलाइएका कार्यसम्पादन समितिको बैठक बहिस्कार गरे भने अर्का महामन्त्री गगन थापाले उम्मेदवार चयनको विषयमा फरक मत राखेका छन् ।

    बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा तालमेल, उम्मेदवार छनोटका विषयमा असहमति जनाउँदै महामन्त्री थापाले फरक मत राखेको बताएका छन् ।

    ‘मैले पार्टीको निर्णयमा फरक मत दर्ज गरेको छु । विधान, प्रक्रिया मिच्ने काम भएको छ’, महामन्त्री थापाले बैठकपछि सञ्चारकर्मीहरूसँग भने । थापाले समितिको बैठकमा सहभागी भए पनि विधान मिच्ने कामप्रति फरक मत राखेको बताए ।

    उनले आफू र अर्का महामन्त्री शर्मालाई पेल्ने काम भएको उनले बताए । ११ माघमा हुने १८ सदस्यीय राष्ट्रियसभा सदस्यको निर्वाचनमा कांग्रेस, एमाले र जसपा नेपालले भागबन्डा गरेका छन् । कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट लिएका छन् ।

    उम्मेदवार छनोटमा आफूहरूसँग पर्याप्त छलफल नगरिएको दुवै महामन्त्रीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images