images
images
  • यी हुन् कांग्रेस–एमाले–जसपा गठबन्धनबाट तय भएका राष्ट्रिय सभाका १८ उम्मेदवार

    काठमाडौं– नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपालले तालमेल गरेर राष्ट्रिय सभामा उम्मेदवारी दिने भएका छन्। उम्मेदवारी दर्ता अहिले बिहान १० देखि दिउँसो ३ बजेसम्म हुँदै छ।

    नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जसपा नेपालबीच नै तालमेल गर्नेबारे छलफल भए पनि नेकपा भने अन्तिम समयमा बाहिरिएको थियो।

    नेकपा बाहिरिएपछि कांग्रेस, एमाले र जसपाले क्रमशः ९, ८ र १ सिट लिने गरी तालमेल गरेका छन्। तदनुसार तीनै दलले उम्मेदवारको टुंगो लगाएका छन्।

    कांग्रेसले टुंग्याएको सूची अनुसार कोशी प्रदेश सुनीलबहादुर थापा उम्मेदवार बन्ने भएका छन्। मधेसमा धमेन्द्र पासवास र रञ्जित कर्ण उम्मेदवार बन्ने छन्। बागमतीमा गीता देवकोटा, गण्डकीमा जगत तिमिल्सिना उम्मेदवार बन्ने भएका छन्। लुम्बिनीमा बासुदेव जंगली र चन्द्रबहादुर केसी तथा कर्णालीमा ललितजंग शाही उम्मेदवार तय भएको छ। सुदूरपश्चिमा खम्मबहादुर खाती उम्मेदवार बन्ने भएका छन्।

    एमालेबाट कोशीमा रोशनी मेचे र सोमनाथ पोर्तेल उम्मेदवार बन्दै छन्। मधेसबाट रेखा झा, बागमती प्रदेशबाट प्रेम दंगाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा र लुम्बिनी प्रदेशबाट रामकुमारी झाक्री उम्मेदवार बन्ने भएका छन्।

    कर्णाली प्रदेशबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लीला भण्डारी उम्मेदवार बन्ने भएकी छन्। जसपा नेपालले भने महन्थ ठाकुरलाई उम्मेदवार बन्ने तय भएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images