images
images
  • विद्युत् प्राधिकरणमा २ सय ६२ जनाको लागि जागिर खुल्यो

    काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले २६० भन्दा बढी कर्मचारी भर्नाका लागि आवेदन फाराम खुलाएको छ । प्राधिकरणले अधिकृतदेखि सहायकस्तरसम्मका पदहरुमा दरखास्त आह्वान गरेको हो ।

    अधिकृतस्तरका सहनिर्देशकदेखि वातावरणविदसम्म १३२ जना र सहायकस्तरका मिटररिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदहरुमा १३० जनाका लागि विज्ञापन खुलेको छ ।

    योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले माघ १० गतेभित्र अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् ।

    नेपाल विद्युत् प्राधिकरणले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमता मूल्यांकनबाट हुने बढुवाका लागि पनि विभिन्न पदहरुमा आवेदन फाराम खुलाएको छ ।

    हेर्नुहोस् आवेदन

    police vacency

    प्रतिक्रिया दिनुहोस्
    images
    images