काठमाडौं– सुर्खेतको वीरेन्द्रनगरमा युवा युवती मृत अवस्थामा भेटिएका छन्। वीरेन्द्रनगर नगरपालिका–४, को सहिद पार्क नजिकै जङ्गलमा युवा युवती मृत भेटिएका हुन्।
आज (बुधवार) बिहान मर्निङ वाकमा गएका स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी त्यहाँ पुगेको छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । पहिचान भने खुलेको छैन ।
उनीहरूको शव एकसाथ नभई केही मिटर दुरीको फरकमा देखिएकोले घटना निकै शंकास्पद रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























