काठमाडौं– बुधबारदेखि नेपालको मौसम प्रणालीमा पश्चिमी वायुको प्रभाव देखिने मौसमविदले बताएका छन्।
मौसमविदका अनुसार भोलिदेखि नेपालमा पश्चिमी वायुको प्रभाव विस्तारै देखिने छ। यसले तराइमा लागेको हुस्सु हटाउन मद्दत गर्ने बताइएको छ।
मौसमविद विनोद पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हुस्सु लागे पनि दिउँसो हट्ने सम्भावना छ । काठमाडौंलगायत पहाडी भेगमा छिटपुट मात्र वर्षाको सम्भावना देखिएको छ ।’
यसपटक पश्चिमी वायुले हिमाली भेगमा मात्र वर्षा (हल्का हिमपात) गराउने सम्भावना देखिएको छ।
प्रतिक्रिया दिनुहोस्























